Monday, September 8, 2014

Dashain Tihar-2071

दशै तिहार आयो !


विजया दशमी तथा दीपावली
को
सुखद उपलक्ष्यमा
हाम्रा समस्त ग्राहक, शुभचिन्तकहरुमा
सुख, समृद्धि, सु–स्वास्थ्य, दिर्घायु र सफलता
को
हार्दिक मंगलमय

शुभकामना !




Thursday, November 28, 2013

जीवन (Meaning of Life)

जन्म र मृत्यु बिचको समय नै जीवन हो । भन्ने गरिन्छ हामीलाई आत्मा अनुभुति पनि हुने गर्छ हामी भगवान्का सृष्टि हौं । हामिलाई भगवान्ले हाम्रो निधारमा तैले धर्तिमा गएर यस्तो कर्म गर्नुपर्छ भनेर उहाँले मानव अवतारको रुपमा हामिलाई धर्तिमा पठाउनु हुन्छ । अनि हामी त्यही अनुरुप समय अनुसारको कर्म गर्दै जान्छौं र अन्त्यमा त्यहि धर्तिको माटोमा बिलिन हुन पुग्दछौं, हो मेरो बुझाई अनुसार यहि बिचको कर्म र समयलाई नै जीवन भनिन्छ ।
जब मानिस जन्मन्छ, तब उसको सुन्दर संसार उसले देखेको स्वर्ग नै धर्ति हुन्छ, किनकि कसैले पनि मरेर स्वर्ग देखेको छैन र स्वर्गमा पुगेर फर्केको मान्छे पनि कोही छैन । हुन त भगवान् मैले पनि देखेको छैन र कसैले पनि देखेको छैन भगवान् भनेको नै सोच हो विश्वास हो । मैले यो मानेमा भगवान् मान्छुकी “यदि कसैले भगवान् मान्छ, भने उसले जिवनमा कहिले पनि नराम्रो काम गर्दैन, किनकि ऊ अरुसंग नडराए पनि भगवान्संग डराएको हुन्छ, त्यसैले ऊ गल्ति गर्न सक्दैन” भगवान् मान्ने मान्छे जहिले पनि सत्यवान् हुन्छ, बलवान् हुन्छ, बद्धिमान् हुन्छ, त्यसैले पनि म के भन्ने गर्छु भने मानवलाई कानुन सिकाउनु पर्दैन बरु धर्म सिकाऊ भगवान् सिकाऊ धर्मले भगवान्ले ऊसलाई सत्य सिकाऊछ अनि सत्य भनेको नै नियम कानुन हो । सत्य र भगावन् मान्ने मान्छे त्यसै पनि नियम कानुनमा बाँधिएको हुन्छ, उसबाट कुनै अपराधिक र अनैतिक काम हुनै सक्दैन । सत्य र भगवानले अनिमात्र समय सिकाऊछ, समय अनुसार चल्न सिकाऊछ ।
हाम्रो समाज हाम्रो राष्ट्र यस्तो स्थितिमा गुज्रिएकोछ कि सबैमा एक किसिमको अहंकार छ मतलब उसले कर्म नै नगरि सपना देख्नथाल्छ म यस्तो भै दिए उस्तो भै दिए, म संगैको साथि उस्तो, म यस्तो, फलानो यस्तो, ढिस्कानो उस्तो मानवमा भएको अहंकार नै यहि हो । यहि अहंकारको पछि लागेर जति सक्दो छिटो आफ्नो सपना पुरा गर्न तर्फ लाग्छन् । मानिस तिन तत्वमा निहित हुन्छ जन्म, त्यो बिचको समय (जसलाई जिवन भनेर बुझिन्छ) अनि मृत्यु हो, त्यस्तै मेरो बुझाई अनुसार मानिसको जिवनमा पनि तिन मार्ग हुन्छन् अर्थात् तिनवटा बाटाहरु हुन्छन्, सतमार्ग, बिचमार्ग, कुमार्ग हो त्यहि बाटो अपनाएर हामि लक्ष्यमा निहित हुन्छौं । सतमार्ग अपनाउनेहरु विधिवत् तरिकाले अगाडि बढ्छन् प्राप्तिमा पुग्छन् । कुमार्ग भनेको जसरि नि प्राप्ति हो यस्तो बाटोमा हिड्नेहरु लक्ष्य प्राप्तिमा धाँधलि तरिकाले पुग्छन् यीनीहरु चाँडो सिद्धिने र चाँडै मिसिने हुन्छन्, अनि बिचमार्गमा हिड्नेहरु सतमार्गबाट पनि कुमार्गबाट पनि आएका हुन्छन्, बिचमा धुरमुर–धुरमुर हुन्छन् यो बाटामा हिड्नेहरु भगवान् जस्तै हुन्छन् बुझ्नै नसकिने हुन्छन् बिगार्न नि सक्छन् बनाउन नि सक्छन् संगत्मा निहित हुन्छ ।
मानिस आफैमा पनि प्रगतिशिल र सर्वश्रेष्ठ प्राणि हो । ऊ आफैमा कहिले पनि नराम्रो हुँदैन उसलाई उसको परिवार, समाज र राष्ट्रले जुन संस्कार÷शिक्षा÷अवसर दियो त्यसै अनुसार अगाडि बढ्ने हो । तर हाम्रो परिवार, समाज, राष्ट्र सबैको एकनासको छैन । एकले अर्कोको को प्रगतिमा डाहाँ ईष्या गर्ने बानि परिवारमा, समाजमा, राष्ट्रमा खुट्टा तान्ने प्रवृत्ति छ । जताकतै काडाँहरुछन् त्यसैमाथि पनि हामि कलियुगमा छम् यहाँ बनाउने भन्दा बिगार्ने धेरैछन् साधुसन्त रुपधारण गरेर मानिसको जिवनमा आउने र प्रतिघात गर्ने मानिस धेरैछन्  अरुको दुःख र मनलाई नबुझि रमाउने धेरै छन्, यहाँसम्मकी सत्य कुरालाई प्रमाणित नगरिकन भनेको आधारमा आफ्नै परिवारले सम्म पनि जति सुकै भलादमी र असल छोरा किन नहोस् त्यो कुरा यसरी भयो है भनेर भन्दा विश्वास नगर्ने काल पनि यो संसारमा छ । त्यसैले अहंकारी हुनुहुदैन त्यो हबिगत भोलि नचाहदा नचाहदै नसोच्दा नसोच्दै पनि आफ्नो जिवनमा घट्न सक्छ भन्ने सोच कसैमा छैन । यो संसारमा मानविय जिवनमा अप्रत्याशिल घट्नाहरु घट्ने गर्छन् जसलाई विश्वास नै गर्न सकिन्न । हुने बिरुवाको चिल्लो पात भन्न त भन्छन् त्यो बिरुवालाई थाहाँ नै नदिई काट्दिने, हाँगा भाँच्न खोज्ने, मुन्टो चिमटदिने सोच भएका मानिसहरु पनि छन् । जसको कारणले काटिएको बिरुवा त काटियिनै हाल्यो म¥यो चिन्ता भएन, हाँगा भाँचिदिएत फेरि पलाएर पनि फल दिन सक्ला, तर मुन्टो चिमटदिएको चाहि मर्नु न बाँच्नुको अवस्थामा हुन्छ सबै भन्दा पिडादायि जिवन मुन्टो चिमटदिएको बिरुको हुन्छ । हो यो युग नै त्यस्तै छ मानिसको त्यही बिरुको जस्तो हालत छ मानव जिवन देख्दा हुने बिरुको चिल्लो पात भए पनि त्यो बिरुवमा अप्रत्यासित रुपमा मैले भनेजस्तै घट्ना घट्न सक्छ । कलियुग हो नसोचेको वुक्षले फल दिने हो, सोचेकोले कता कति दिन्छ । यी सबै यावत् घट्नाहरु मनिसको जिवनमा घट्ने गर्छ अन्नततः एक दिन यो धर्तिमा बिलिन हुनुनै छ आज हो कि भोलि कसैलाई थाहा छैन भन्नेले जे भने पनि सोच्नेले जे सोचे पनि गर्नेले जे गरे पनि मुन्टो काटेको बिरुवाको जस्तो हालत कसैको नहोस् सत्य सधै आफुसंग हुन्छ यानकि हामिले मान्ने भगवान्संग हुन्छ । अनि त्यही निष्ठुरी भगवान् हामिले देखेको सुन्दर संसार हाम्रो स्वर्ग जसलाई नचाहादा नचाहादै पनि दुर्घटना गराएर, रोग लगाएर, समाजमा बाँच्न नसक्ने पिडादिएर आत्माहत्या गर्न बाध्य तुल्याएर, बुढो असक्त, विभिन्न बाहना बनाएर आफ्नो बसमा गर्छ हो यही बिचको समय नै जिवन हो ।


Manakamana Temple of Nepal (pray with god for long and strong life)






Ek Raj



Meaning of UDIP U= United D= Democracy I = Important P = Person


Wednesday, December 7, 2011

My Photo



Yadhav Brother Birthday Wish Gift



My sister kamala

Real Life


My Dad & Mom

Pashupatinath Darsan image
My Dream My Studio

Happy Dipawali

Meaning of udip

Wish you vijaya Dashami & Dipawali
My lovely daughter tapashya birthday