Tuesday, November 15, 2011

पीडा नै अनुभव बटुल्ने आधार हो ।

         जिन्दगीका हरेक मोडहरुमा मानिसले धेरै दुःख र पिडाहरु भोग्नु पर्ने हुन्छ । मानिसले केहिकुराहरु प्राप्ती गर्दा गदै पनि केहि गुमाउन पर्ने हुन्छ र ति गुमाएका कुराहरुबाट मानिस धेरै दुःखित बन्न पुग्दछ । जब मानिसमा पिडा हुन्छ नि तब मानिस रुन कराउन थाल्दछ । भन्छन रुवाइले मानिसको पिडालाई अलिकति भए पनि कम गरिदिन्छ रे । बास्तवमा यो सोच्नु सरासर झुट हो । जुन मानिस आफ्नो असफलतामा रुन्छ कराउछ त्यो मानिस साच्चि नै उल्लु हो । मानिसमा जब दुःख र पिडा हुन्छ नि तव त्यो दुःख र पिडालाई सहजै ठान्दै त्यो दुःख र पिडासग जुध्न सकेमा मात्र त्यो मानिस महान बन्न पुग्दछ ।

त्यसकारण हामिहरु मनिस हौ । अर्थात् भगवान् का सृष्टि भगवान राम जस्तालाई त दैव लागेर बाह्र बर्षको बनिबासको पिडा खेप्नु परेको थियो र भगवान् शिवलाई त समुन्द्र मनथनबाट निश्किएको कालकुठ विष लाई निल कन्ठमा राखेर सामाना गर्नु परेको थियो भने त हामि त त्यहि निष्ठुरी भगवान का सृष्टि हौ ।

हामिलाई पनि समयले धेरै दुःख अनि पिडा दिन्छ । त्यस्ता दुःख र पिडालाई सामाना गर्दै आफ्नो लक्ष्य र गन्तब्यमा पुग्ने प्रयत्न गर्नु पर्दछ ।

त्यसकारण दुःख र पिडामा मानिसहरु कदापि रुनु र कराउनु हुदैन दुःख र पिडा पर्दा मात्र मानिसले धेरै कुराहरुलाई ब्यवहार, लेख, रचनामा परिणत गर्न सकेमात्र त्यो मानिस सबै भन्दा महान बन्न पुग्दछ । त्यसकारण हामिहरुले के बुझ्नु पर्दछ भने असफलता नै सफलता कि जननी हुन ।

No comments:

Post a Comment